Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दुर्गा प्रसाईंलाई विप्लवको चेतावनी – जनयुद्धको रक्षा गर्ने पार्टी ज्युँदै छ, षड्यन्त्रको सपना नदेखे हुन्छ

    दुर्गा प्रसाईंलाई विप्लवको चेतावनी – जनयुद्धको रक्षा गर्ने पार्टी ज्युँदै छ, षड्यन्त्रको सपना नदेखे हुन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 708
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले प्रतिगमनको षड्यन्त्रको सपना नदेख्न चेतावनी दिएका छन् ।

    शुक्रबार रोल्पाको थवाङमा आयोजित १०औं पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो चेतावनी दिएका हुन् ।



    उनले राजतन्त्र सहितका कतिपय षड्यन्त्रकारी शक्तिहरूले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने उद्घोष गरे । उनले चेतावनी दिँदै भने, ‘जनयुद्धको रक्षा गर्ने पार्टी ज्युँदै छ, षड्यन्त्रको सपना नदेखे हुन्छ ।’ कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेको उनको भनाई छ ।



    यस्तै इमानदार माओवादीले जनता, सहिद र घाइतेलाई बिर्सन नहुनेमा पनि उनको जोड छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजतन्त्र फर्काउन आन्दोलन गरिरहेका बेला महासचिव विप्लवले मोख खोलेका हुन् । उनी बिहीबारदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार