Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भैरहवा विमानस्थलमा विप्लवसँग महराको जम्काभेट

    भैरहवा विमानस्थलमा विप्लवसँग महराको जम्काभेट

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 639
    SHARES

    रुपन्देही । सत्तारूढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।

    सोमबार रुपन्देहीबाट महरालाई प्रहरीले पक्राउ गरिएको हो। रुपन्देहीबाट पक्राउ परेका महरालाई प्रहरीले जहाजमार्फत काठमाडौं ल्याउन लागिएको छ ।



    भैरहवा विमानस्थलमा प्रहरी नियन्त्रणमा रहेका महराको नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सँग जम्काभेट भएको स्रोतले बतायो ।



    विप्लव पनि जिल्लाका कार्यक्रम सकेर काठमाडौं आउन लागेका र प्रहरी नियन्त्रणमा रहेका महराबिच जम्काभेट भएको हो ।

    सो क्रममा विप्लवले महराबारे चासो समेत राखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार