Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पक्राउ पुर्जीको विरोध गर्दै विप्लवले गरे आन्दोलन घोषणा

    पक्राउ पुर्जीको विरोध गर्दै विप्लवले गरे आन्दोलन घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 2.6K
    SHARES

    काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा संघर्षको घोषणा गरेको छ ।

    काठमाडौं जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ दिने म्याद राख्दै पक्राउ पुर्जी जारी गरेपछि मंगलबार नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।



    मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको बताए।



    विप्लवको हस्ताक्षरमा जारी विज्ञप्तिमा पक्राउ पुर्जी जारी हुनु २१ फागुन २०७७ मा आफूसँग सरकारले गरेको ३ बुँदे सहमतिको उल्लंघन र मुलुकका समस्याको शान्तिपूर्ण निकास दिन भइरहेका पहलमाथिको विध्वंसात्मक हमला समेत भएको उल्लेख छ ।

    त्यसविरुद्ध मंसिर मंगलबार मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने विप्लवले विज्ञप्तिमार्फत जनाएका छन् ।

    विज्ञप्तिमा काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर मंसिर १८ गते महासचिव विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ माइला लामा गायतका नाममा पक्राउ पुर्जी जारी गरिएको उल्लेख छ ।

    प्रतिवन्ध हटाउदा राज्यसँग गरिएको ३ बुँदे सहमतिमा पार्टीका नेता कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीहरुलाई मुक्त गर्ने विषय उल्लेख रहेको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार