Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • विप्लवले भने – तल्लो तहसम्म संरचना बनाएर अब समाजवादी मोर्चाले देशको नेतृत्व गर्छ

    विप्लवले भने – तल्लो तहसम्म संरचना बनाएर अब समाजवादी मोर्चाले देशको नेतृत्व गर्छ

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 687
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महाचिव नेत्रविक्रम चन्द विप्लवले नयाँ मोर्चा घोषणासँगै अब देशको समाजवादी मोर्चाले गर्ने बताएका छन् ।

    राष्ट्रिय सभा गृहमा भएको घोषणा कार्यक्रममा आफ्नो भनाइ राख्दै विप्लवले आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाएर समाजवादी मोर्चाले देशको नेतृत्व गर्ने दाबी गरेका हुन् ।



    उनले भने, ‘अब मुलुकको नेतृत्व समाजवादीहरूले गर्नुपर्छ । समाजवादी मोर्चाले गर्नेछ, देशभक्त, स्वाभिमान नागरिकहरूले गर्नुपर्छ । यो संसार जित्नेहरूको हो ।’



    नेपालमा थुप्रै खालको समस्या अहिले देखिएको भन्दै विस्तारवाद र सामान्तवाद दुवैको अन्त्यका लागि समाजवादी मोर्चाले काम गर्ने उनले जिकिर गरे । उनले नागरिकमा निराशा र आसाको दोधार देखिएको भन्दै देश अग्रगमन र प्रतिगमनको बीचमा भएकाले यस्तो मोर्चा निर्माण गर्नुपरेको पनि बताए।

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा आज घोषणा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार