Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भ्रष्टाचार गरेको भन्दै कालोमोसो र चप्पलको माला !

    भ्रष्टाचार गरेको भन्दै कालोमोसो र चप्पलको माला !

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 885
    SHARES

    धनगढी । डडेल्धुरामा सिँचाइ योजनामा भ्रष्टाचार गरेको भन्दै एक जनालाई कालोमोसो र चप्पलको माला लगाइएको छ ।

    आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई आइतबार दिउँसो मोहन वैद्य नेतृत्वको पार्टीका व्यक्ति भन्दै आएका युवाको समूहले उनलाई कालोमोसो दलेको हो ।



    २०७८ सालमा निर्माण भएको सिँचाइ योजनामा सचिव रहेका महरलाई वैद्य नेतृत्वको पार्टीका व्यक्ति हौँ भन्दै आएको समूहले कालोमोसो दलेको बुझिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।



    तर कालोमोसो दल्ने कार्यमा संलग्न व्यक्तिहरुको पहिचान भने खुलेको छैन् । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार