Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायको परीक्षा स्थगित

    पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायको परीक्षा स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 597
    SHARES

    विराटनगर । विश्वविद्यालय सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न माग गर्दै विद्यार्थी संगठनहरुले गरेको तालाबन्दीका कारण पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नै स्थगित भएको छ ।

    बिहिबार परीक्षा व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै परीक्षा स्थगित भएको जानकारी दिएको हो ।



    यहि २८ जेठमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका थिए ।



    योसँगै इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ लगायत विभिन्न विषयको परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ ।

    यसअघि सञ्चालन भइरहेको परीक्षा भने यथावत् रहने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार