Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देश बनाउने अभिभारा एमालेको काँधमा छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक बनाउने अभिभारा एमालेको काँधमा रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले जनतालाई सचेत बनाउँदै एमालेको सम्पूर्ण शक्ति सबल राष्ट्रिय शक्ति बनाउन केन्द्रित भइरहेको बताए ।

उनले आफूहरु सबल व्यापक राष्ट्रिय शक्ति निर्माणको लागि लागिपरिरहेको बताउँदै पार्टीले त्यही उद्देश्यअनुसार मिसन ग्रासरुट चलाएको पनि स्पष्ट पारे ।

एमालेले चलाएको अभियान पार्टी जनतासम्म पुग्नका लागि भएको भन्दै जनता र कार्यकर्तामा सही विचार पुर्याउन जरुरी रहेको ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077