Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई वर्ष जेल सजायको फैसलाविरुद्ध राहुल गान्धीले पुनरावेदन गर्ने

एजेन्सी । फौजदारी मानहानि मुद्दामा गुजरातको एक अदालतबाट दोषी ठहरिएका भारतीय कंग्रेसका नेता राहुल गान्धीले तल्लो न्यायालयको निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने भएका छन् ।

गुजरातको ‘सेसन कोर्ट’ ले नेता गान्धीलाई यही चैत ९ गते मानहानि मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो ।

नेता गान्धीले कोर्टको उक्त सजायविरुद्ध भोलि (सोमबार) पुनरावेदन गर्ने उनको पार्टीका नेताहरूले बताएका छन् ।

अदालतले उच्च अदालतमा पुनरावेदन गर्न उनलाई अवसर दिँदै ३० दिनका लागि सजाय स्थगन गरेको थियो ।

राहुल गान्धीले सन् २०१९ को अप्रिलमा कर्नाटक राज्यको चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा  ‘किन सबै चोरहरूको साझा थर मोदी हुन्छ’ भन्दै प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077