Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

घुससहित मालपोतका खरदार र लेखापढी कानून व्यवसायी पक्राउ

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित खरदार र लेखापढी कानून व्यवसायीलाई पक्राउ गरेको छ ।

मालपोत कार्यालय बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखापढी कानून व्यवसायी गौरीशंकर कुशवाहलाई १५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियार स्रोतका अनुसार जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।

घुस माग गरिरहेको भन्‍ने उजुरी निवेदनका आधारमा अख्तियारको हेटौडा कार्यालयबाट खटिई गएको टोलीले १५ हजार घुस लिइसकेको अवस्थामा मालपोत कार्यालय, परिसर नजिकै रहेको पसलबाट पक्राउ गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077