Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कैलालीमा लामो समयदेखि फरार रहेका चारजना पक्राउ

कैलाली । कैलालीमा लामो समयदेखि विभिन्न मुद्धाका फरार चारजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरु चारै जनालाई आइतबार पक्राउ गरी आवश्यक कारवाहीको लागी कैलाली जिल्ला अदालत पठाएको हो ।

जिल्लाको धनगढी उप–महानगरपालिका ४का २८ वर्षका बन मुद्दामा फरार रहेका अरुण कुमार बुढामगर पक्राउ परेका छन्। उनलाई जिल्ला अदालत कैलालीले २०७७ चैत १२ गते ३८ हजार पाँच सय ४३ जरिवाना तोकिएको थियो । उनी सोही दिन देखि नै फरार थिए ।

कैलाली जिल्लाकै धनगढी उप–महानगरपालिका १५ का २५ वर्षका पप्पु रानालाई चोरी मुद्दामा जिल्ला अदालत कैलालीले २०७७ चैत चार गते एक महिना चार दिन कैद र दुई हजार जरिवाना तोकेको थियो ।

यस्तै धनगढी उप–महानगरपालिका १५ का २५ वर्षका राम कुमार चौधरीलाई पनि चोरी मुद्दामा जिल्ला अदालत कैलालीबाट २०७१ श्रावण १९ गते फैसलाले १ बर्ष १ महिना १४ दिन सजाय सुनाएको थियो ।

गोदावरी नगरपालिका–४ का ५३ वर्षका शेर बहादुर पुनमगरलाई जिल्ला अदालत कैलालीले बन्यजन्तु मुद्दामा २०७३ भाद्र २६ गते ६ महिना कैद र २० हजार जरिवाना तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077