Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप छनोट : यूएईसँग नामिबिया २८ रनले हार्‍यो

एजेन्सी । यूएईले आईसीसी क्रिकेट विश्वकप छनोटको प्ले अफमा नामिबियालाई २८ रनले पराजित गरेको छ ।

युनाइटेड क्रिकेट क्लब मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले पाँच विकेट गुमाएर दुई सय ६७ रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले ४८.४ ओभरमा सबै विकेट गुमाएर दुई सय ३९ रन मात्रै बनाउन सक्यो ।

सुरुआती तीनमध्ये दुई खेलमा जित निकालेको नामिबिया चौथो खेलमा पराजित हुँदा चौथो स्थानमा पुगेको छ। यूएई समान खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा चढेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077