Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका ५ को तिलकपुरस्थित भिटामा गणमेश्वरबाट देहिमाण्डौंतर्फ गइरहेको से १ ज २९५ नं को जीप दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्ट रहेका छन् ।

जीपमा सवार १२ जना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । एकजनाको घटनास्थलमै मृत्यु भएको र अन्य सवार ११ जना घाइते भएका छन् ।

उनीहरुको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जीप सडकबाट करिब ७० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077