Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्वर्णिमलाई गगनको ब्यंग्य - कांग्रेस चोकमा राखेको मादल होइन

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सत्ता गठबन्धन पाँच वर्ष नै जाने बताएका छन्।

तनहुँ १ मा पार्टी उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ताको क्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले माओवादी, नेकपा एकीकृत समाजवादीसहित सत्ता गठबन्धनको साझा उम्मेदवारको जित निश्चित भएको बताए ।

महामन्त्री थापाले भने, ‘यो निर्वाचनको बेलामा एउटा नयाँ गीत पनि आउँछ पुराना पार्टीहरूले काम गर्दैन नयाँ पार्टी चाहिन्छ भन्छन् । पुराना नेताहरू निर्वाचित गराउन हुँदैन । तनहुँको निर्वाचन क्षेत्र अरू ठाउँजस्तो होइन। यहाँको कांग्रेस भनेको चोकमा राखेको मादलजस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँडने’

उनले केन्द्रमा कांग्रेस माओवादीको सरकार बनेकाले चाहेअनुसारको विकास निर्माणको काम गर्न सकिने बताए । उनले आफू पनि धेरै गठबन्धनवाल राजनीतिको पक्षमा नभएको उल्लेख गर्दै जनताको बीचमा राजनीतिक दलले निर्णय गरेर गइसकेपछि त्यसमा इमान्दारितापूर्वक उभिन सक्नुपर्ने बताए ।

महामन्त्री थापाले तनहुँ–१ कसैका लागि प्रयोग गर्ने ठाउँ नभएको बताए । कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भनेको स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै महामन्त्री थापाले राष्ट्रपतिको उत्तराधिकार गोविन्द भट्टराई भएको बताए ।

विशेष परिस्थितिले भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार जित्नुको विकल्प नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077