Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तीनदिने भारत भ्रमणका लागि भुटानी राजा दिल्लीमा

एजेन्सी । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक सोमबार तीनदिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन् । राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा राजा वाङचुक भारत आएका हुन् ।

चीनसँगको सीमा विवादका सन्दर्भमा भुटानका प्रधानमन्त्री लोटे छिरिङको ‘सफ्ट’ धारणा बाहिर आएपछि भारतको कुटनीतिक वृत्त तरंगित भएका बेला राजा दिल्ली आएका हुन् ।

विदेशमन्त्री एस जयशंकरले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा राजा वाङचुकको स्वागत गरे । अपराह्न दिल्ली आइपुगेका राजा वाङचुक होटल ताज प्यालेसमा बसेका छन् ।

पहिलो दिन विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका राजाको दोस्रो दिन प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति मुर्मूसँग भेटघाट हुनेछ ।

कतिपय विश्लेषकहरूले चीनसँग भुटानको निकटता बढिरहेको बताइरहेका बेला भुटानी राजाको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077