Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन - हरेक दिन परिणाम देखिनेगरी काम गर्नू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले हरेक दिन परिणाम देखिनेगरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

'हामी जागिर खान आएका होइनौं। जनताको सेवा गर्न आएका हौं। हरेक दिन परिणाम देखिनेगरी काम गर्नुस्,' मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए ।

सय दिन पुगिसक्दासमेत सरकारले उपलब्धिमूलक काम नगरेको भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना सुरु भएको छ । त्यसैकारण पनि मन्त्रीहरूलाई निर्देशन दिएको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077