Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चुहावट रोक्न अर्थमन्त्री महतको चासो

काठमाडौं । विभागीय मन्त्री नभएको मौका छोपी ठूला भन्सार नाकाहरूमा राजस्व छलीका घटना बढेका बेला नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतले राजस्व चुहावट नियन्त्रणमा चासो देखाएका छन् ।

अर्थमन्त्री महतले भारत र चीनका सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि रोक्न र राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिलाई निर्देशन दिएका हुन् ।

अर्थमन्त्री महतले सोमबार समितिका पदाधिकारीहरूसँग भन्सार नाकाहरूमा र नेपाल–भारतबीचका खुला सीमा क्षेत्रमा भइरहेका चोरीपैठारीका गतिविधिलाई कसरी रोक्ने भन्ने विषयमा छलफल गरेका थिए ।

उनले राजस्व छली गर्ने व्यापारीले भन्सार नाकाबाट सामग्री नल्याएर चोर बाटो अपनाउने गरेको समेत बताएका थिए । चोरीपैठारी गरी सामग्री ल्याउँदा पनि राजस्वमा असर परेको उनको भनाइ थियो । कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077