Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाको दावी - युक्रेनको बाख्मत शहर रूसले कब्जा गरेको छैन

एजेन्सी । रुसले युक्रेनको बाख्मत शहर नियन्त्रणमा लिएको घोषणा गरेलगत्तै अमेरिकाले बाख्मतको लडाई नसकिएको दावी गरेको छ ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइटहाउसले युक्रेनी सेना बाख्मतमा संघर्ष गरिरहेको दावी गरेको हो ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले युक्रेनी सेनाले बाख्मत नछाडेको दावी गर्दै यसै हप्ता युक्रेनलाई थप सैन्य सहायता दिइने बताए ।

यता, युक्रेनले पनि रुसी सेना बाख्मत कब्जा गर्ने अवस्थाबाट धेरै टाढा रहेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077