Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा बालकको मृत्यु, दुई जना घाइते

काठमाडौं । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते छन् ।

दैजीदेखि बेलडाँडी जाँदै गरेको सु.प.प्र ०२००३ प ४६७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा परी आठ वर्षीय बालक इसबन्धन ठकुरीको मृत्यु भएको छ।

घाइते हुनेमा मोटरसाइकल चालक कञ्चनपुरकै भीमदत्त नगरपालिका–६ का ३५ वर्षीय टेकराज भट्ट र १२ वर्षीया अर्चना जोशी छन् ।

घाईते दुवैको अस्पतालमा उपचार भइरहेको जनाईएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077