Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

एकपछि अर्को गर्दै बैतडीमा तीन युवती बेपत्ता

बैतडी । बैतडीमा एकपछि अर्को गर्दै तीन युवती बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल,पार्वती खत्री नायक र पाटन नगरपालिका–४ जेउड्याकी १५ वर्षीया गोमती लाबड रहेका छन् ।

मेलौली–१ सिराडकी लक्ष्मी सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन्।

यस्तै मेलौली नगरपालिका –१ जर्कु सैनी निवासी २० वर्षीया पार्वती खत्री नायक गएको छ दिनदेखि बेपत्ता भएकी छन्। यही चैत १६ गते घरबाट हिंडेकी उनी अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ।

जिल्लाको पाटन नगरपालिका–४ जेउड्याकी १५ वर्षीया गोमती लाबड पनि छ दिनदेखि बेपत्ता छिन्। चैत १५ गते देहिमाण्डौँ जात्रामा जान्छु भनेर घरबाट हिँडेकी गोमती अहिलेसम्म घर फर्किएकी छैनन्।

युवतीहरु बेपत्ता भएको जानकारी प्राप्त भएपछि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077