Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीरगञ्ज महानगरपालिकाले टेलिकम परिसरमै फोहोर थुपारिदिएपछि...

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सहरबाट संकलित फोहोर नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय परिसरमा थुपारिदिएको छ ।

फाइबर बिच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर अलपत्र छाडेको भन्दै महानगरले सहरबाट संकलित फोहोर टेलिकम परिसरमा थुपारेको हो ।

महानगरगरका कर्मचारी र नगरप्रहरीको टोलीले ७ ट्याक्टर फोहोर टेलिकम परिसरभित्र लगेर फालिदिएका थिए ।

टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक विगार्दा नगरवासीले पीडा भोग्नु परेको र सडक बनाइदिन पटक पटक आग्रह गर्दासमेत अटेर गरेपछि श्रीपुरस्थित क्षेत्रीय कार्यालय परिसरमा सांकेतिक विरोधस्वरुप फोहोर खसालेको महानगरपालिकाले जनाएको छ ।

सरसफाई तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको महानगरको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077