Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपा सप्तरी अध्यक्ष यादवलाई कुट्ने इन्स्पेक्टरलाई बर्खास्त गर्न माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सप्तरी जिल्ला अघ्यक्ष केदारप्रसाद यादवमाथि प्रहरीले कुटपिट गरेको भन्दै कारबाहीको माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी निरीक्षक नवीन थापाले यादवलाई कुटपिट गरेको आरोप लगाइएको हो । कुनै घटनाबारे विस्तृत बुझ्न जिल्ला प्रहरी कार्यालय पुगेका जसपा अध्यक्ष यादवलाई इन्स्पेक्टर थापाले मरणासन्न हुने गरि कुटपिट गरेको बताइएको छ ।

प्रहरी निरीक्षक थापाको कुटाईबाट नेता यादवको टाउकोमा गम्भीर चोट लागेको छ । मंगलबार एक विज्ञप्तिमार्फत पार्टी प्रवक्ता मनिष सुमनले विज्ञप्ति जारी गर्दै प्रहरी निरीक्षक थापालाई तत्काल बर्खास्त गरी कारबाही गर्न माग गरेका छन् ।

यसैबीच, इन्स्पेक्टर थापाले नेता यादवलाई कुटपिट गरी घाइते बनाएको विरोधमा जसपाका नेता तथा कार्यकर्ताहरू राजविराजमा प्रहरीको विरोधमा प्रदर्शनमा उत्रेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077