Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरुवा बन्दुक पड्किँदा सल्यानमा बालिकाको मृत्यु, तीन घाइते

सल्यान । सल्यानको कालीमाटी गाउँपालिकास्थित स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आलेको घरको आँगनमा खेल्दै गरेको क्रममा बन्दुक पड्किँदा छर्राले लागेर कालिमाटी गाउँपालिका ७ स्वायनवासकी ९ वर्षीया पुजा घर्तीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार छर्रा लागेर तीन वर्षीया देवी घर्ती, पाँच वर्षीया यमुना आले र आठ वर्षीय तेजेन्द्र आले घाइते भएका छन् । घाइते भएकी यमुना आलेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अन्य दुईजनालाई नेपालगन्जमा उपचार गरिएको छ ।

आलेको घरको आँगनमा राखेको भरुवा बन्दुक बालबालिकाले खेलाउँदै गर्दा पड्किएको थियो । प्रहरीले भरुवा बन्दुकसहित आलेलाई पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको सल्यान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077