Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सेवाग्राहीलाई दुःख दिने ११ जना बिचौलिया यातायात कार्यालयबाट पक्राउ

पर्सा । वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयबाट सेवाग्राहीलाई विभिन्न प्रलोभन र बहानामा हैरानी दिने ११ जना बिचौलिया पक्राउ परेका छन् ।

कार्यालयमा आउने सेवाग्राहीलाई काम छिटो छरितो गराइदिने प्रलोभनमा पारेर रकम असुल्ने र कार्यालयका फाइल बोकेर हिँड्ने कार्यमा संलग्न ११ जना बिचौलिया पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका-१२ का २५ वर्षीय आलोक कुमार यादव, वडा नम्बर १३ का ४५ वर्षीय किशोर कुमार दयाल, वडा नम्बर १५ का ४० वर्षीय दिपलाल साह, त्यही वडाका ४६ वर्षीय, वडा नम्बर ३ का ३७ वर्षीय रन्जित गुप्ता, वडा नम्बर ११ का २३ वर्षीय लालबाबु महत्तो, त्यही वडाका ४५ वर्षीय राजेश लामा रहेका छन् ।

यस्तै पर्साको कालिकामाई गाउँपालिका-४ का ४० वर्षीय राजेश महतो , बाराको परवानीपुर गाउँपालिका-५ का ४५ वर्षीय दरोगा दास र बाराकै प्रसौनी गाउँपालिका-६ का ३० वर्षीय मुकेश साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट अनुगमनका लागि टोली खटिएको उनीहरुलाई पक्राउ गरेको हो ।

कार्यालयमा अनुगमनका क्रममा सेवाग्राहीलाई काम छिटो छरितो गरिदिन्छु भनेर बार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाइल च्यापेर भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्यधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिँदै गरेको अवस्थामा भेटिएका बिचौलीयाहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077