Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

पर्सामा आतंक मच्चाउने बाघ नियन्त्रणमा

पर्सा । चितवन राष्ट्रिय निकुञ्जले ठोरी गाउँपालिकालगायत आसपासको क्षेत्रमा आतङ्क मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिएको छ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीको सहयोगमा नेपाली सेनाको टोलीले नियन्त्रणमा लिइएको हो ।

ठोरीस्थित कुसुमवाटिका उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनका अनुसार पछिल्लो केही दिनदेखि सो बाघले किसानका बाख्रालगायत घरपालुवा जनावर मारेर खान थाले पछि स्थानीयको अनुरोधमा सो बाघलाई नियन्त्रणमा लिइएको थियो।

बाघका कारण स्थानीयको ज्यान नै जोखिम पर्ने सम्भावना बढे पछि स्थानीयले निकुञ्जलाई बाघ नियन्त्रणमा लिन अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077