Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सौराहामा अज्ञात समूहले हात्तीको सूडँ काटिदिएपछि...

चितवन । चितवनको सौराहमा अज्ञात समूहले हात्तीको सूडँ काटिदिएको छ ।

अज्ञात समूहले सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सूँड काटिदिएको हो ।

गएराति साढे ११ बजेतिर ४५ वर्षीय चञ्चकली नामको हात्तीको सूँड काटिएको थियो ।

चञ्चलकली भएको ठाउँमा अन्य दुइटा हात्ती पनि थिए। तर ती हात्तीलाई भने केही नगरेको पाइएको छ।

चितवन राष्ट्रिय निकुञ्जबाट आएको चिकित्सकको टोलीले चञ्चलकलीको उपचार गरेको छ।

निकुञ्जमा रहेको नेपाली सेनाको टोलीले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077