Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सफ्टवेयर खरिदमा झण्डै दुई लाख भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियले बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादवविरूद्ध विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरुले नगरपालिकालाई आवश्यक नभएको सफ्टवेयर खरिद गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनी, लेखा अधिकृत चौधरी र जिन्सी शाखा प्रमुख यादवलाई १ लाख ९९ हजार ८९७ रुपैयाँ विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (३) बमोजिम सजायको मागदावीसहित आरोप पत्र दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077