Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ वर्षको दिन भरतपुरमा ‘हेप्पी न्यू इयर म्यूजिकल नाईट’

चितवन । नयाँ वर्षको अवसरमा चितवनमा ‘हेप्पी न्यू इयर म्यूजिकल नाईट २०८०’ को आयोजना गरिने भएको छ ।

स्नेहा आश्रमको सहयोगार्थ भरतपुर महानगरपालिका वडा नं. १६ शरणपुरमा म्यूजिकल नाईट आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक अनिश जोशीले बताए ।

नववर्षको दिन बैशाख १ गते अपरान्ह ५ वजे शरणपुर झनझनेमा रहेको सेतीदेवी राइनो रिसोर्टमा हुने म्यूजिकल नाईटमा चर्चित कलाकारहरुले सांगितिक प्रस्तुती दिनेछन् ।

कार्यक्रममा मिलन नेवार (वीथ ब्याण्ड), चर्चित दाेहाेरी गायिका बबिता बानियाँ (जेरी) गायिका विन्दु परियार,  गायकहरू राजेश राई, अमर तामाङ मोडल रञ्जु सुम्यान, हाँस्यकलाकार सुुलेमान (ईकु), माेडन डान्सर सन्ध्या सानुलगायतको सहभागिता रहने पनि जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077