Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डिस्चार्जपछि निवास फर्किए राष्ट्रपति पौडेल

काठमाडौं । पेट दुख्नेजस्ता समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल उपचार गराएर निवास फर्किएका छन्।

पौडेललाई गत शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल भर्ना गरिएको थियो।

राष्ट्रपति पौडेलको सचिवालयका अनुसार स्वास्थ्यलाभपछि राष्ट्रपति पौडेल बुधबार निवास फर्किएका हुन्।

अस्पताल भर्ना भएका पौडेलको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा प्रधानमन्त्री प्रचण्ड पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालगायत नेताहरु अस्पताल पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077