Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माधव नेपाल भन्छन् - ढुक्क भए हुन्छ, सत्ता गठबन्धन पाँच वर्ष चल्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट शक्तिबीच कार्यगत एकता हुने बताएका छन् ।

बुधबार पार्टीको केन्द्रीय प्रचार विभागले काठमाडौंमा आयोजना गरेएको अन्तरक्रिया कार्यक्रमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

नेपालले केही दिनभित्रै वामशक्तिहरु मिलेर मोर्चा बनाउने बताए ।

यस्तै,अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन पनि आग्रह गरे । उनले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताए ।

अध्यक्ष नेपालले भने, ‘यो गठबन्धन कति दिनसम्म रहन्छ भन्ने आशंका छ । यसको लामो आयु छैन । कसैकसैले मिति पनि तोकेर त्यसभन्दा बढि चल्न सक्दैन भन्ने गरेका छन् । तर तपाईंहरु ढुक्क भए हुन्छ–यो जुन गठबन्धन छ । यो पाँच वर्षसम्म कायम रहन्छ ।’

उनले सत्तारुढ गठबन्धन जनताको जनादेश अनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077