Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुगुमा एक प्रहरी जवानले गरे आत्महत्या

काठमाडौं । मुगुमा बुधबार दिउँसो एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।

जुम्ला जिल्लाको कनकासुन्दरी गाउपालिका वडा नं ९ का २६ वर्षीय अनिल बुढाले पौने ३ बजेतिर आत्महत्या गरेका हुन् ।

उनले छायानाथ रारा नगरपालिका वडा नं १ स्थित रानिवन जंगलमा सल्लाको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

मुचुल्का उठाई शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा लगिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077