Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कञ्चनपुरबाट लागुऔषधसहित दुईजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय झलारी र रैकवारबाट खटीएको प्रहरी गस्ती टोलीले कृष्णपुर नगपालिका ७ कलुवापुरका गणेश पाण्डेय र कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ लालपुरका ४० वर्षीय तिर्थ फुलारालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पाण्डेयले चलाएको सु.प.प्र.०१–०११ प.२२४६ नम्बरको मोटरसाईकल र सोही मोटर साईकलमा पछाडी सवार फुलारालाई शंकालागी चेक जाँज गर्दा उनीहरुको साथबाट १.१५ ग्राम लागुऔषध खैरो हिरोईन नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077