काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एजेण्डामा आधारित बहसका लागि आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत ओलीले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन आग्रह गरेका हुन् ।
अध्यक्ष ओलीले व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा रहेर बहस गर्न समेत आग्रह गरे ।
ओलीले लेखेका छन्, ‘उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु । मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन । अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ । चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना !’
वैशाख १० को उपचुनावका लागि धेरैजसो उम्मेदवारहरू नयाँ र युवा अनुहार देखिएको भन्दै ओलीले यो खुसीको कुरा भएको बताए ।