Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकलले ठक्कर दिँदा धोबिघाटमा पैदल यात्रुको मृत्यु

काठमाडौं । ललितपुरको धोविघाटमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ ।

धोबिघाट ओरालोमा प्रदेश–१–०३–००१ प १६६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नाम नखुलेका पुरुष पैदल यात्रुको मृत्यु भएको हो ।

मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका–११ बस्ने २७ वर्षीय धनराज लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

मृतक ५ दशमलव ४ ईन्च उचाइ भएका, निलो टिसर्ट र खैरो ज्याकेट लगाएका मृतकको पहिचान हुन नसकेको प्रहरीको भनाई छ ।

मृतकको शव पाटन अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077