काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन सरेको छ ।
आगामी बैशाख १० गते हुने उपनिर्वाचनको कारण देखाउँदै जसपाले जेठ १ गतेको लागि अधिवेशन सारेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।
यसअघि चैत २६ गतेदेखि २८ गतेसम्म गर्ने तय भएको अधिवेशन जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा हुने जनाइएको छ ।
उपनिर्वाचनमा पार्टीकै अध्यक्ष उपेन्द्र यादव नै उम्मेदवार बनेका छन् ।