Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

संसद र देशलाई जसपा अध्यक्ष उपेन्द्रको आवश्यकता छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र देशलाई जसपा अध्यक्ष उपेन्द्र यादवको आवश्यक्ता रहेको बताएका छन्।

उपेन्द्र यादवको निर्वाचन क्षेत्र नम्बर २ पुगेर नेता नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले भने,‘राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एसको पार्टी पंक्ति एवं सिंगो बाराबासीलाई आग्रह गर्दछु ।’

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको औंल्याए ।

बारा २ को चुनावी मैदानमा रहेका यादवसँगको भेटमा नेता नेपालले गठबन्धनको जीत सुनिश्चित रहेको दाबीसमेत गरे।

मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग लज्जास्पद हार बेहोरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077