Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सांसद ज्ञानेन्द्र शाही भन्छन् – विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले प्रदेश सरकारको औचित्य नरहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले प्रदेश सरकार कार्यकर्ता भर्तीकेन्द्र मात्रै बनेको भन्दै प्रदेशको औचित्य नरहेको बताएका हुन् ।

उनले प्रदेशका नाममा पाँच वर्षमा करिब १६ खर्ब बजेट खर्च भएको बताउँदै त्यो पैसाले लाखौंलाई रोजगार बनाउने गरी रोजगारी सिर्जना गर्न सकिने बताए।

त्यस्तै, सांसद शाहीले विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न नसकिने बताए ।

सांसद शाहीले भने, ‘प्रदेश पहिचानका लागि र अर्को देश ठूलो भयो भने देशलाई केन्द्रीकरण गर्नका लागि चाहिन्छ। संघीयता काहीँ नअटाएका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो। यसरी विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’

सांसद शाहीले सरकाले विदेशबाट ऋण ल्याइरहेपनि हरेक दिन बेरोजगारीको संख्या बढिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077