Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कार्यव्यवस्था परामर्श समिति सदस्यको नाम टुंगियो, को–को छन् सदस्य ?

काठमाडौं । प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार कार्यव्यवस्था परामर्श समिति गठन भएको छ।

बिहीबारको संसद बैठकले दलीय प्रतिनिधित्वको आधारमा कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनित गरिएको हो ।

प्रतिनिधि सभाको बैठकको कार्यसूची निर्धारण गर्ने यो समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरु सदस्य छन् ।

सभामुख देवराज घिमिरेसहित राजनीतिक दलका प्रतिनिधिसहित बिहीबारको छलफलले उक्त समिति २१ सदस्य हुने गरी टुंगो लगाएका थिए ।

समितिमा अजय कुमार चौरासीया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदीप यादव, महेश कुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रूपाशशि चौधरी, लिलानाथ श्रेष्ठ , विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाई, हितराज पाण्डे, ज्ञानबहादुर शाही रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077