Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सत्ता गठबन्धनले सभामुखविरुद्ध महाभियोग ल्याउन सक्छ : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेविरुद्ध महाभियोग ल्याउन सक्ने बताएका छन् ।

बिहीबार एमाले निकट पेसागत महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले वर्तमान गठबन्धन र सरकारले जे पनि गर्न सक्ने भन्दै कुनै लाज शरम नभएको बताए ।

अध्यक्ष ओलीले भने, ‘यिनीहरूले राष्ट्रपतिज्यूलाई महाभियोग लगाउन धेरै पल्ट खोजेका थिए, तर पार लागेन । अहिलेका सभामुखलाई पनि कुन दिन महाभियोग लगाउन बेर लाउँदैनन् ।’

ओलीले बहुमत नै गठबन्धनमा रहेकाले कुनै लाज शरम नमानी जेसुकै पनि गर्न सक्ने बताए । उनले विगतमा प्रधानन्यायाशीहरुमाथि पनि यही गठबन्धनले महाभियोग लगाएको बताए ।

अध्यक्ष ओलीले गठबन्धनका नाममा जथाभाबी गर्न नदिने भन्दै एमाले राति पानी परेर उम्रेका टुसा नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077