Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • प्रतिनिधिसभामा दुई विधेयक टेबुल

    प्रतिनिधिसभामा दुई विधेयक टेबुल

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 753
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा दुई विधेयक टेबुल भएको छ ।

    प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका हुन्।



    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘लोक सेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन (२०७८ साउन– २०७९ असार) पेस गरे।

    यस्तै, सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार