Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

साझा न्यूनतम कार्यक्रम : विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी कानुन बनाइने

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुन बनाउने भएको छ ।

बिहीबार सार्वजनिक भएको १० दलीय गठबन्धन सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुनी व्यवस्था गर्ने उल्लेख गरे ।

प्रधानमन्त्री दाहालका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सञ्चारमन्त्री रेखा शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्थासहितको निर्वाचन ऐन तर्जुमा गरिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077