Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नक्कली परीक्षार्थीले दिएको एसईई परीक्षा रद्द

    नक्कली परीक्षार्थीले दिएको एसईई परीक्षा रद्द

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 489
    SHARES

    मोरङ । मोरङका विभिन्न परीक्षा केन्द्रमा अरुको नाममा नक्कली परीक्षार्थीले दिएको परीक्षा रद्द गरिएको छ । जिल्ला शिक्षा समन्वय इकाइ मोरङले पक्राउ परेका नक्कली परीक्षार्थीहरूले दिएको परीक्षा रद्द गरेको हो ।

    एसईई परीक्षाको चौथो र पाँचौँ दिन बुधबार र बिहीबार मोरङका विभिन्न परीक्षा केन्द्रबाट बाट १९९ विद्यार्थी पक्राउ परेका थिए । उनीहरुले अरुको नामा दिएको परीक्षा रद्द भएको जिल्ला शिक्षा समन्वय इकाइ मोरङले जनाएको छ ।



    पक्राउ परेका नक्कली परीक्षार्थीहरूले बिहीबारसम्म दिएका पाँच वटा विषयको परीक्षा पनि रद्द गरिएको छ । अब पुनः हुने परीक्षामा सक्कली परीक्षार्थीले पनि सामेल हुन पाउने छैनन् ।



    मोरङको झोराहाट, केराबारी र हरैचाबाट १९९ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएपछि जिल्ला शिक्षा समन्वय इकाईको अनुगमन टोली पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार