Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वन रक्षकको परीक्षामा नक्कली परीक्षार्थी, नाबालकसहित दुई पक्राउ

    वन रक्षकको परीक्षामा नक्कली परीक्षार्थी, नाबालकसहित दुई पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 864
    SHARES

    पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले वन रक्षक पदको परीक्षामा सहभागी भएका दुईजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

    पोखरा महानगरपालिका १५, फुलवारीस्थित रहेको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको परीसरभित्र मंगलबार सञ्चालन भएको लोक सेवा आयोगको परीक्षामा सहभागी दुईजना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।



    पक्राउ पर्नेमध्ये जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ९ वलयकाटियाका १८ वर्षे बालक र जुम्लाकै सिन्जा गाउँपालिका वडा नं. ३ लुमका २५ वर्षीय पदम बुढा रहेका छन ।



    प्रदेश लोकसेवा आयोगको कार्यालयले गरेको विज्ञापन नं. १४५–१५३ र ०७९/८० अन्तर्गत (खुला तथा समावेशी) प्रदेश वन, सेवा, जनरल फरेष्ट्रि समूह सहायक तेश्रो, वन रक्षक पदको शारीरिक तन्दुरुस्ती परिक्षणमा अर्कैको नामबाट परिक्षणमा सहभागी भइरहेको दुई जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

    उनीहरूले अर्कै परीक्षार्थीको सक्कली नागरिकतामा आफ्नो तस्बिर टाँसेर लोकसेवाले खुलाएको विज्ञापन अन्तर्गत मंगलबार दौड, रुख चढ्ने, पौडी (शारीरिक तन्दुरुस्ती) मा भाग लिएका थिए ।

    उनीहरु दुवै जनालाई शिक्षा ऐन सम्बन्धि मुद्धामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार