Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • लोकसेवाको परीक्षामा नक्कली परीक्षार्थी : सुब्बा र सहलेखापाल पक्राउ

    लोकसेवाको परीक्षामा नक्कली परीक्षार्थी : सुब्बा र सहलेखापाल पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 639
    SHARES

    रुपन्देही । लोकसेवा आयोगले सञ्चालन गरेको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको खुलासा भएको छ ।

    लोकसेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३८१२/०७६/०७७ (मधेस) एकीकृत तथा संयुक्त, खरिदार वा सो सरहको बुटवल केन्द्रमा सञ्चालन भएको लिखित परीक्षा नक्कली परीक्षार्थी सहभागी भएको पाइएको हो ।



    सोही कारण प्रहरीले सप्तरीको राजविराज–११ घर भइ हाल कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुमा सहलेखापाल पदमा कार्यरत ३३ वर्षीय मनोज कुमार शर्मा सुतिहार र सोही ठाउँ घर भइ जिल्ला हुलाक कार्यालय सप्तरीमा नायव सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादवलाई पक्राउ गरेको छ ।



    २९ फागुन २०७७ मा भएको प्रथम पत्रको परीक्षा तथा १६ साउन २०७८ मा भएको द्वितीय पत्र र तृतीय पत्रको परीक्षामा मनोज कुमार सुतिहारको नामबाट अर्कैले परीक्षा दिएको पाइएको प्रहरीले जनाएको छ ।

    उनीहरुविरुद्ध लिखितसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता भइ रुपन्देही जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार