Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सी र फ्रान्सका राष्ट्रपति म्याक्रोँबीच बेइजिङमा भेटवार्ता, के भयो कुराकानी ?

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीवार बेइजिङमा भेटवार्ता भएको हो ।

भेटवार्तामा म्याक्रोँले विगत केही वर्षदेखि चीन र फ्रान्सले द्विपक्षीय सम्बन्धमा सकारात्मक र सुदृढ वृद्धिको गति कायम राख्न मिलेर काम गरेको बताए ।

राष्ट्रपति म्याक्रोँको तीन वर्षभन्दा लामो समयपछि भएको चीनको राजकीय भ्रमणको स्वागत गर्दै राष्ट्रपति सीले बदलिँदो र अस्थिर अन्तर्राष्ट्रिय परिदृश्यका बाबजुद भएको भेटले रुस–युक्रेन युद्ध अन्त्यका लागि वातावरण बनाउने विश्वास विश्व समुदायले लिएको बताए ।

दुवै पक्षले हाइब्रिड ढाँचामा उच्च आवृत्ति र उच्च गुणस्तरको रणनीतिक सञ्चार कायम गरेको, कोभिड–१९ विरुद्धको लडाइँमा एकअर्कालाई सहयोग गरेको, द्विपक्षीय व्यापारमा बलियो वृद्धि भएको र एअरोस्पेस, उड्डयन, कृषि, खाद्य र अन्य क्षेत्रमा सहयोगका महत्त्वपूर्ण परिणाम देखेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077