Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका चार एआईजीको पदस्थापन, प्रदेश समन्वय निर्देशनालयको जिम्मा सुदिपलाई

काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चार एआईजीको पदस्थापन गरेको हो ।

बैठकले सन्दिप भण्डारीलाई मानव स्रोतमा पदस्थापन गरेको छ भने प्रदेश समन्वय निर्देशनालयको जिम्मा सुदिप गिरीले पाएका छन्।

त्यस्तै, मिरा चौधरीलाई कार्य विभागमा र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ ।

यसअघि गृह मन्त्रालयले १३ चैतमा भण्डारी, गिरी, चौधरी र तामाङलाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077