Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भुपाल बरालको नेतृत्वमा आगामी वर्षको बजेट लेखन टिम तयार

    भुपाल बरालको नेतृत्वमा आगामी वर्षको बजेट लेखन टिम तयार

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 609
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट लेख्ने टिमको टुंगो लगाएको छ ।

    मन्त्रालय स्रोतका अनुसार बजेट मस्यौदा लेखन समिति गठन गरी जिम्मेवारी समेत तोकेको छ ।



    मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सहसचिव भुपाल बराल संयोजक रहने गरी समिति बनाएको छ ।



    जसमा सहसचिवहरु उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेका छन् ।

    टिमले आजैबाट विभागीय प्रमुखको जिम्मेवारी लिने र बजेट लेखन कार्यमा खटिने भएको छ। आगामी आवको बजेट १५ जेठ २०८० मा संसदमा प्रस्तुत भइसक्नुपर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार