Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय अध्ययनका लागि ५ सदस्यीय समिति गठन

    वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय अध्ययनका लागि ५ सदस्यीय समिति गठन

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 399
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिस गर्नको लागि ५ सदस्यीय समिति गठन गरिएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको हो ।



    समितिका अन्य सदस्यहरुमा क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टिकाराम राई, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट पियुस आनन्द र सहारा न्यौपाने रहेका छन् ।



    वायुसेवा निगमको व्यावसायिक दक्षता अभिवृद्धि, बजार विस्तार, मानव स्रोतको उचित व्यवस्थापन गर्न आवश्यक परेकाले समिति गठन गरेको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार