Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीबाट लागुऔषधसहित दुईजना पक्राउ

कैलाली । कैलालीमा लागुऔषध खैरो हेरोईनसहित दुईजना पक्राउ परेका छन् ।

जिल्लाको भजनी नगरपालिका–५ कौवाखेडामा भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा लागुऔषधसहित बर्दगोरिया गाउँपालिका–४ बस्ने १८ वर्षीय आनन्द ठकुरी र २३ वर्षीय दिपेन्द्र बोहरा पक्राउ परेका हुन् ।

ठकुरीले चलाएको ना ४१ प ८४६० नंम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा १८ ग्राम लागुऔषध खैरो हेरोईनसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुबै जनालाई इलाका प्रहरी कार्यालय भजनीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077