Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • कैलालीबाट लागुऔषधसहित दुईजना पक्राउ

    कैलालीबाट लागुऔषधसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 552
    SHARES

    कैलाली । कैलालीमा लागुऔषध खैरो हेरोईनसहित दुईजना पक्राउ परेका छन् ।

    जिल्लाको भजनी नगरपालिका–५ कौवाखेडामा भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा लागुऔषधसहित बर्दगोरिया गाउँपालिका–४ बस्ने १८ वर्षीय आनन्द ठकुरी र २३ वर्षीय दिपेन्द्र बोहरा पक्राउ परेका हुन् ।



    ठकुरीले चलाएको ना ४१ प ८४६० नंम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा १८ ग्राम लागुऔषध खैरो हेरोईनसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    दुबै जनालाई इलाका प्रहरी कार्यालय भजनीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार