Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालनमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा आएको छ।

दुई वर्षदेखि अवरूद्ध रहँदै आएको उक्त पेज सचिवालयको आइटी टिमको पहलमा पुनः सञ्चालनमा आएको हो।

सूचना संयन्त्रलाई व्यवस्थित गर्न र सरकारका कामको एकमुष्ट प्रचारका लागि प्रधानमन्त्रीको सचिवालयले सबै सामाजिक सञ्जाललाई सञ्चालनमा ल्याउने योजनाअनुरूप आधिकारिक फेसबुक पेज पुनःसञ्चालनमा ल्याइएको बताईएको छ ।

नेपाल सरकारको मातहतमा रहेका सबै कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेगरी प्रधानमन्त्री कार्यालयले निर्देशिकाको मस्यौदासमेत तयार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077